इतिहाद स्टेडियमको क्षमता बढाउनेदेखि होटल बनाउने योजनामा म्यानचेस्टर सिटी
तस्बिरः बीबीसी
काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीले ३०० मिलियन पाउन्ड खर्चिएर आफ्नो घरेलु स्टेडियम इतिहादको स्तरोन्नती गर्ने योजना अघि सारेको छ । जसअन्तर्गत सिटीले इतिहाद स्टेडियमको क्षमता ५३ हजार ४ सयबाट बढाएर ६० हजार पुर्याउने लक्ष्य रहेको बीबीसीले जनाएको छ ।
उक्त प्रस्तावमा ‘स्काइ बार’ तथा स्टेडियमको छतमाथि हिड्न मिल्ने योजना समेत रहेको छ । साथै ३ हजार क्षमताको ‘फ्यान जोन’, क्लबको पसल, संग्राहलय तथा ४ सय बेडको होटल बनाउने योजना समेत सिटीको रहेको छ ।
सिटीले उक्त प्रस्ता म्यानचेस्टर सिटी काउन्सिललाई बुझाएको समेत बीबीसीले उल्लेख गरेको छ । सिटीले फुटबल समर्थकलाई उत्कृष्ट अनुभव दिलाउने तथा वर्षभरी नै मनोरञ्जन प्रदान गर्ने उदेश्य राखेको छ ।
यसले करिब २ हजार ६ सय जनालाई रोजगारी समेत प्रदान गर्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया