ओडीआईमा सन्दीपको विश्व कीर्तिमान, ४२ खेलमा १०० विकेट पूरा
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रियमा विश्व कीर्तिमान कायम गरेका छन् ।
सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट हात पारेको खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा १०० विकेट पूरा गरेका हुन् ।
नेपालमा जारी एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा सन्दीपले एकदिवसीयमा १०० विकेट पूरा गरे ।
सन्दीपले अफगानिस्तानका राशिद खानले यसअघि राखेको कीर्तिमानलाई तोडेका हुन् । राशिदले ४४ खेलमा १०० विकेट लिएका थिए । अस्ट्रेलियाका मिचेल स्टार्कले भने ५२ खेलमा १०० विकेट हात पारेका थिए ।
र, यो पनि
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया