Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

फुटबल

साउदी अरब गएको भन्दै पिएसजीद्धारा मेस्सी दुई सातासम्म निलम्बित

इकागज |
बैशाख २०, २०८० बुधबार ७:१३ बजे

फाइल फोटो

काठमाडौं - पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनल मेसीलाई दुई साताका लागि निलम्बन गरेको छ । क्लबको अनुमतिबिना एसीयाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।

फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेल पछि अर्जेन्टेनी कप्तान मेसी साउदी अरेबिया गएका हुन् । त्यस खेलमा पिएसजी पराजित भएको थियो  । अब निलम्बनको समयमा मेसीले पीएसजीका लागि खेल्न पाउने छैनन् ।


क्लबका अनुसार मेस्सीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुको साथै, टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन् । मेसी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् ।​

अर्जेन्टीनी कप्तान मेस्सीलाई साउदी अरबबाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भईरहेको बेला मेस्सी साउदी अरब गएका हुन । यसअघि क्रिस्टियानो रोनाल्डो पनि साउदी अरबिया क्लबबाट खेलिरहेका छन् । उनलाई पनि महंगो रकममा साउदी क्लबले अनुबन्धित गरेको हो । 


Author

थप समाचार
x