फुटबल

ए डिभिजन लिग फुटबल : सातदोबाटो युथ क्लब पराजित

इकागज |
जेठ १४, २०८० आइतवार १७:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । आइतबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ६३ औं मिनेटमा निकोलस सङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा सनम लिम्बुले गोल गर्दै एनआरटीलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा सातदोबाटोका शिव सुवेदीले गोल गरेपनि एनआरटी २–१ ले विजयी भयो । जितसंगै एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।


सातदोबाटो २२ खेलमा २९ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । मनाङको जितमा चेतनकुमार थारूले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरे । जितसंगै मनाङले २२ खेलमा २८ अंक जोडेको छ । थ्री स्टारको २२ खेलमा २६ अंक रहेको छ । 


Author

थप समाचार
x