फुटबल

युभेन्टसले पारिश्रमिक विवाद टुंगो लगाउन ७ लाख १८ हजार यूरो जरिवाना तिर्ने

इकागज |
जेठ १७, २०८० बुधबार ७:४१ बजे

काठमाडौँ- खेलाडीको पारिश्रमिकमा भएको अनियमितताको विषयलाई टुंगो लगाउन सिरि ए क्लब युभेन्टसले इटालियन फुटबल फेडेरेसनलाई ७ लाख १८ हजार यूरो तिर्ने भएको छ ।

विगतमा खेलाडी ट्रान्सफरका क्रममा पारिश्रमिकलाई लिएर भएको अनियमिततालाई लिएर फेडेरेसनले सिरि ए मा युभेन्टसको १० अंकसमेत कटौती गरेको थियो ।


तर युभेन्टसले उक्त कारवाहीलाई स्वीकार गर्नुका साथै जरिवाना तिर्ने भएपछि फेडेरेसनले थप कारवाही रोक्ने बीबीसीले जनाएको छ ।

उक्त जरिवानाले क्लबका कैयौ पदाधिकारी तथा पूर्व उपाध्यक्ष पाभेल नेदभेद तथा कार्यकारी निर्देशक फावियो पाराटिसीका लागि समेत भएको उल्लेख गरिएको छ ।

तर क्लबका पूर्व अध्यक्ष एन्ड्रिया एन्जेलीबारे भने थप सुनुवाइ जुन १५ मा हुनेछ ।


Author

थप समाचार
x