फुटबल

फ्रेन्च क्लब पीएसजीले रोनाल्डोको अल-नासरविरुद्ध खेल्ने

इकागज |
जेठ १९, २०८० शुक्रवार १६:९ बजे

काठमाडौँ- फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्रिस्टियानो रोनाल्डो आबद्ध साउदी अरेबियन क्लब अल-नासरविरुद्ध खेल्ने भएको छ ।

फ्रेन्च लिग वान विजेता पीएसजीले जापान भ्रमणका क्रममा अल-नासरविरुद्ध खेल्ने क्लबले जनाएको एएफपीले उल्लेख गरेको छ ।


पीएसजीले जापानको ओसाकामा जुलाई २५ मा अल-नासरविरुद्ध खेल्नेछ । त्यसको तीन दिनपछि पीएसजीले जापानी क्लब सेरेजो ओसाकाविरुद्ध पनि खेल्ने तालिका रहेको छ ।

तर, अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले पीएसजी छाड्ने भएका कारण पोर्चुगिज स्ट्राइकर रोनाल्डो र मेस्सीबीच भेट हुने छैन ।

 


Author

थप समाचार
x