फुटबल

ए डिभिजन लिग फुटबल

मछिन्द्र क्लबले चर्च ब्वाईजसँग अंक कम गर्ने मौका गुमायो

इकागज |
जेठ २१, २०८० आइतवार १८:० बजे

फाइल तस्बिर

काठमाडौँ- मछिन्द्र क्लबले नेपाल पुलिस क्लबसँग हार्दा पहिलो स्थानमा रहेको चर्च ब्वाईजसँग अंक घटाउने मौका गुमाएको छ । च्यासल मैदानमा भएको ए डिभिजन लिग अन्तर्गत खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबसँग २-१ गोलले हारेको हो ।​

खेलकाे पहिलो हाल्फमा मछिन्द्रका ओलावाले अफिजले २७ मिनेटमा गरेकाे गाेलले अग्रता लिएको थियाे । नेपाल पुलिस क्लबका लागि मोसेस ट्वमले ७५ र ८१ मिनेटमा दुई गोल गरेर जित निकाल्न सफल भएको हो ।


हारसँगै २४ खेलमा ३९ अंकसहित मछिन्द्र क्लब दोस्रो स्थानमा यथावत छ ।  त्यस्तै नेपाल पुलिस क्लब २४ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको जावलाखेल युथ क्लबसँग अंक बराबर भएपनि गाेल अन्तरले चौथो स्थानमा छ ।

लिग अन्तर्गत नै दशरथ रंगशालामा भएकाे अर्को खेलमा न्यूरोड टिम र हिमालयन शेर्पा क्लबले १-१ गोलको गर्दै अंक बाँडेका छन् । उता एन्फा कम्प्लेक्समा भएकाे खेलमा एफसी खुमलटारले संकटा क्लबसँग ३–० गोल अन्तरले पराजित भाेगेको छ ।


Author

थप समाचार
x