फुटबल

‘ए’ डिभिजन लिगः मछिन्द्र बन्यो उपविजेता

इकागज |
जेठ २४, २०८० बुधबार १८:१७ बजे

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले हिमालयन शेर्पालाई पराजित गर्दै विजयी भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले हिमालयन शेर्पालाई ३-१ गोल अन्तरले हराएको छ ।

विमल घर्ती मगरले २६ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए ।​​ त्यसपछि ओलावाले अफिजले ६८ औं मिनेट र ७७ औं मिनेटमा २ गोल गर्दै मछिन्द्रलाई ३-० गोलको अग्रता दिलाए । हिमालयनका लागि ९० औं मिनेटमा पिस्टोन मुटुम्बाले एक गोल फर्काएका थिए ।


जितसँगै मछिन्द्रले २५ खेलमा ४२ अङ्क जोड्दै दोस्रो स्थानमा यथावत रहेको छ । हिमालयनले २५ खेलमा ३१ अंकसहित आठाैं स्थानमा छ ।

त्यसैगरी च्यासल मैदानमा भएको खेलमा न्युरोड टिमले  मनाङ मर्स्याङ्दीलाई १-० गोल अन्तरले हराएको छ । १७ औं मिनेटमा दिपेश आले मगरले गरेको एक मात्र गोल निर्णायक गोल बन्न पुगेको थियो ।

जितसँगै न्युरोड टिमले २५ खेलमा ३३ अङ्क जोड्दै छैटौं स्थानमा उक्लिएको छ । हारसँगै मनाङ मर्स्याङ्दी भने २५ खेलमा ३२ अङ्क जोड्दै सातौं स्थानमा झरेको छ ।


Author

थप समाचार
x