फुटबल

च्याम्पियन्स लिग आजबाट, साविक विजेता सिटीले सर्वियन क्लबसँग खेल्दै

इकागज |
असोज २, २०८० मंगलबार १०:४६ बजे

काठमाडौँ- यूइएफए च्याम्पियन्स लिग फुटबल आजबाट सुरु हुँदैछ । च्याम्पियन्स लिगअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले सर्वियन क्लबविरुद्ध खेल्दैछ ।

समूह ‘जी’ मा रहेका इंग्लिस क्लब सिटी तथा सर्वियन क्लब रेड स्टार बेलग्रेड (सिआरभेना भेज्दा) बीचको खेल सिटीको घरेलु मैदान इतिहादमा नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।


यस समूहमा जर्मन क्लब आरबी लेइपजिग र स्विट्जरल्यान्डको योंग ब्वाइज क्लब पनि रहेका छन् ।

सिटीले लिगमा सर्वियन क्लबविरुद्ध भिड्दा घाइते भएका जोन स्टोन्स, ज्याक ग्रेलिस, माटेओ कोभासिस र केभिन डी ब्रुएनले भने उक्त खेल गुमाउने छन् ।

च्याम्पियन्स लिगअन्तर्गत नै न्यूकासलले एसी मिलान, पेरिस सेन्ट जर्मेनले बोरुसिया डर्टमन्ड, एटलेटिको मड्रिडले लाजियो तथा बार्सिलोनाले रोयल एन्टवेर्पविरुद्ध खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x