फुटबल

प्रिमियर लिगः ९ खेलाडीमा सिमित टोटेनहममाथि चेल्सीको जित

इकागज |
कात्तिक २१, २०८० मंगलबार ९:५ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीले टोटेनहममाथि शानदार जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा चेल्सीले नौ खेलाडीमा सिमित टोटेनहममाथि ४-१ गोलअन्तरको जित निकालेको हो ।


डेजान कुलुसेभ्सकीले खेलको छैटौँ मिनेटमा गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर ३३ औँ मिनेटमा टोटेनहमका क्रिस्टियन रोमेरो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि चेल्सीका कोल पाल्मरले ३५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

५५ औँ मिनेटमा टोटेनहमका डेस्टिनी उडोगी पनि रातो कार्ड खाँदै मैदान बाहिरिएपछि चेल्सीले थप तीन गोल गर्‍यो ।

चेल्सीका निकोलास ज्याकसनले ह्याट्रिक पूरा गरे ।


Author

थप समाचार
x