फुटबल

साविक विजेता म्यानचेस्टर सिटी अन्तिम १६ मा

इकागज |
कात्तिक २२, २०८० बुधबार १२:५१ बजे

काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटी यूइएफए च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘जी’ अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले स्विट्जरल्यान्डको फुटबल क्लब योँग ब्वाइजलाई ३-० गोलअन्तरले पाखा लगाउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।


म्यानचेस्टर सिटीले दुई खेलअगावै अघिल्लो चरणमा प्रवेश गरेको हो । उसले खेलेका चारवटै खेलमा जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

म्यानचेस्टर सिटीको जितमा अर्लिङ हालान्डले २ तथा फिल फोडेनले एक गोल गरे । च्याम्पियन्स लिगमा हालान्डको यो ३४ खेलमा ३९ गोल हो ।


Author

थप समाचार
x