फुटबल

युक्रेनी क्लब शख्तर डोनेस्कसँग बार्सिलोना स्तब्ध

इकागज |
कात्तिक २२, २०८० बुधबार १४:१ बजे

काठमाडौँ- यूइएफए च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस क्लब बार्सिलोना युक्रेनी क्लब शख्तर डोनेस्कसँग स्तब्ध भएको छ ।

समूह ‘एच’ अन्तर्गत मंगलबार राति भएको खेलमा शख्तर डोनेस्कले बार्सिलोनालाई १-० गोलअन्तरले पराजित गरेको हो ।


शख्तर डोनेस्कलाई जित दिलाउन डान्यलो सिकानले ४० औँ मिनेटमा निर्णायक गोल गरे ।

यस समूहमा शख्तर डोनेस्कको यो चार खेलमा दोस्रो जित हो । यता बार्सिलोनाले भने चार खेलमा पहिलो पराजय भोगेको हो ।


Author

थप समाचार
x