फुटबल

छैठौं फारवेष्ट पशुपति कप फुटबल आयोजना हुने

इकागज |
कात्तिक २२, २०८० बुधबार २०:२५ बजे

कैलाली - छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मंसीर २२ गतेदेखि आयोजना हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फारवेष्ट पशुपति युवा क्लबले प्रतियोगिता मंसिर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएको हो । 

पाचौं संस्करणको आयोजनापछि तीन बर्ष रोकिएको प्रतियोगिताको छैठौं संस्करण मंसिर २२ गतेदेखि २९ गतेसम्म धनगढी रङ्गशालामा हुने भएको हो । 


प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले पत्रकार सम्मेलनमा बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशी जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ । 

धनगढी रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने बताउदै क्लबका सचिव ललित मिश्रले प्रतियोगिता आयोजनामा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।


Author

थप समाचार
x