फुटबल

एन्फाको साधारणसभा बस्दै, अध्यक्ष र महासचिवले अविश्वासको प्रस्ताव सामना गर्ने

इकागज |
कात्तिक २३, २०८० बिहीबार ७:२३ बजे

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा बस्दैछ । 

बागमती प्रदेशको राजधानीमा हेटौंडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध परेको अविश्वासको प्रस्तावबारेमा छलफल हुनेछ । 


गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नुपर्ने भन्दै लिखित निवेदन दिएका थिए । 

नेतृत्वमा पुगेको एक वर्ष नपुग्दै अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तको माग आएपछि आजको साधारण सभामा अध्यक्ष नेम्वाङ र महासचिव राईले अविश्वास प्रस्तावको सामना गर्दैछन् । 

एन्फाको नेतृत्वमा कुल १०५ सदस्य रहेका छन्, जसमध्ये साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ । 


Author

थप समाचार
x