फुटबल

रासफोर्डले रातो कार्ड खाँदा म्यानचेस्टर युनाइटेड पराजित

इकागज |
कात्तिक २३, २०८० बिहीबार ८:५२ बजे

काठमाडौँ- यूइएफए च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले तेस्रो पराजय भोगेको छ ।

समूह ‘ए’ अन्तर्गत बुधबार राति भएको खेलमा डेनमार्कको एफसी कोपनहेगनसँग ४-३ गोलअन्तरको पराजय भोगेसँगै युनाइटेडले जारी सिजनको च्याम्पियन्स लिगमा ४ मध्ये ३ खेलमा हात बेहोरेको छ । उसले एक खेल मात्र जितेको छ ।


युनाइटेडले हार भोग्दा फरवार्ड मार्कस रासफोर्ड ४२ औँ मिनेटमै रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

रासमस होजलन्डले खेलको तेस्रो तथा २८ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाए ।

तर ४२ औँ मिनेटमा रासफोर्ड मैदान बाहरिएपछि कोपनहेगनका मोहम्मद इल्योनोउसीले ४५ औँ मिनेटमा गोल गर्दै कोपनहेगनलाई खेलमा फर्काए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा कोपनहेगनका डिओगो गोन्काल्भ्सले गोल गर्दै खेललाई २-२ को अवस्थामा पुर्‍याए ।

युनाइटेडका ब्रुनो फर्नान्डेजले ६९ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाउन सफल भए ।

तर कोपनहेगनका लुकास लेराजेरले ८३ औँ मिनेटमा बराबरी गोल गर्दा रुनी बार्ड्घ्जीले ८७ औँ मिनेटमा गोल गर्दै कोपनहेगनलाई महत्वपूर्ण ३ अंक दिलाए ।


Author

थप समाचार
x