फुटबल

च्याम्पियन्स लिगः बायर्न म्युनिख र रियल मड्रिड अन्तिम १६ मा

इकागज |
कात्तिक २३, २०८० बिहीबार ९:५२ बजे

काठमाडौँ- जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब रियल मड्रिड यूइएफए च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले टर्किस फुटबल क्लब गालातासारेलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।


बायर्न म्युनिखको जितमा दुवै गोल ह्यारी केनले गरे । गालातासारेका लागि सेड्रिक बाकाम्बुले एक गोल फर्काए ।

बायर्न म्युनिखले लगातार चार खेलमा जित हात पार्दै १२ अंकसहित अघिल्लो चरणमा प्रवेश गरेको हो ।

यता समूह ‘सी’ मा रियल मड्रिडले लगातार चार खेल जित्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो । चौँथोँ खेल जित्ने क्रममा बुधबार राति रियल मड्रिडले पोर्चुगिज क्लब ब्रागालाई ३-० ले पाखा लगायो ।

रियल मड्रिडको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रिगोले एक-एक गोल गरे ।


Author

थप समाचार
x