फुटबल

पूर्व फुटबलर डिडियर ड्रोग्बाले भुकम्प पीडितलाई आर्थिक सहयोग गर्ने

इकागज |
कात्तिक २३, २०८० बिहीबार १६:१६ बजे

काठमाडौँ- आइभरी कोस्टका पूर्व कप्तान डिडियर ड्रोग्बाले नेपालका भुकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएका छन् ।

ड्रोग्बाको डिडियर ड्रोग्बा फाउन्डेसन र नेपालको नेपाल सुपर लिग (एनएसएल) ले संयुक्त रुपमा २० लाख सहयोग गर्ने भएको हो ।


एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले बिहीबार एक प्रेस विज्ञप्तीमार्फत यसबारे जानकारी गराएको हो ।

फाउन्डेसन र एनएसएलले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्प पीडितलाई सहयोग गर्ने उदेश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख जम्मा गर्ने भएको हो ।

ड्रोग्बाले चेल्सी तथा गालासातारेबाट पनि व्यावसायीक फुटबल खेलेका छन् ।


Author

थप समाचार
x