फुटबल

विश्वकप छनोट

यमनसँग हार्याे नेपाल

इकागज |
मंसिर ५, २०८० मंगलबार २१:१८ बजे

काठमाडौँ-  नेपालले फिफा विश्वकप र एएफसी छनोटको दोस्रो चरणमा यमनसँग २-० ले हार बेहोरेको छ । घरेलु भूमिमा दशरथ रंगशालामा यमनविरुद्ध पहिलो पटक जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको नेपालले दोस्रो हाफमा दुई गोल बेहोरेपछि नतिजा सुम्पिएको हो ।

यमनको जितमा ओमार अब्दुलाह अल दाही र मोहम्मेद अब्दुलाह अल दाहीले गोल गरे । यससँगै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा दोस्रो हार बेहोर्यो । यसअघि संयुक्त अरब इमिरेट्स (युएई) सँग ४-० ले हार बेहोरेको नेपालले घरेलु भूमिमा पनि नतिजा सुम्पियो । त्यसअघि खेलको तेस्रो मिनेटमा जिलेस्पी जंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फल गर्दा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन ।


११औं मिनेटमा दायाँ विंगबाट दिनेशले दिएको क्रसमा जिलेस्पीले हेडर जित्न सकेनन् । लगत्तै अर्कोतर्फ यमनको आक्रमणमा नेपाली डिफेन्सको परीक्षण भएको थियो । २६औं मिनेटमा ओमानका हम्जाह अहमदले डिएरिया भित्रबाट गरेको प्रहार गोलकिपर किरणले सहजै बचाए । २८औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा कसैले हेडर जित्न सकेनन् । त्यस लगत्तै यमनको काउन्टर नेपालले विफल पार्यो । एक मिनेट पछि दिनेश कै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको धेरै टाढाबाट बाहिरियो ।

३२औं मिनेटमा अहमद महेरको लामो प्रहार बार माथिबाट बाहिरियो । ३२औं मिनेटमा अहमद महेरको प्रहार पोस्टको माथि बाट बाहिरियो । ३८औं मिनेटमा मोहम्मद अल वाजिहको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । पहिलो हाफको अन्त्यतिर यमनले बलमा नियन्त्रण राखे पनि अवसर भने सृजना गर्न सकेन । ५०औं मिनेटमा अब्दुलाह अल दाहीले गरेको सशक्त प्रहार गोलकिपर किरणले मुस्किलले बचाए । त्यसको दुई मिनेटमा नै कर्नर प्रहारमा गोल गर्ने नेपालको रणनीति सफल हुन सकेन । ६१औं मिनेटमा हिसुब थपलियाले गोल गर्ने सुन्दर अवसर गुमाए ।

यमनका गोलकिपर अब्दुलाह अल सादी अगाडि बढेको समयमा उनको ओभर हेड प्रहार सफल हुन सकेन । ६५औं मिनेटमा यमनले गोल गरे पनि रेफ्रीले अफसाइड निर्णय दिए । अल खादिर सलिमको प्रहारले मान्यता पाएन । ७३औं मिनेटमा ओमार अब्दुलाह अल दाहीले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट प्रहार गर्दै ओमानलाई अग्रता दिलाए । ७६औं मिनेटमा अहमद महेरले नजिकको दूरीबाट गोल गर्ने अवसर गुमाए । नेपालका दुई डिफेन्डर छल्याउँदै उनले गरेको प्रहार बार माथिबाट बाहिरिन पुग्यो ।

त्यस्तै ८७औं मिनेटमा यनमका नासिर अल गहावासीले ३५ यार्ड टाढाबाट गरेको शसक्त प्रहार नेपालका गोलकिपर किरणले पन्च गर्दै बचाए । अन्तिम समयमा यमनले दोस्रो गोल गर्दै जितनजिक पुग्यो । ९०औं मिनेटमा मोहम्मेद अब्दुलाह अल दाहीले दुई डिफेन्डरलाई बिट गर्दै सहज गोल गरे ।

 


Author

थप समाचार
x