फुटबल

अल नासरको जितमा रोनाल्डोको दुई गोल

इकागज |
मंसिर ९, २०८० शनिबार ९:३५ बजे

तस्बिर रोनाल्डोको फेसबुकबाट

काठमाडौँ- साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउदमाथि शानदार जित हासिल गरेको छ । 

गएराति सम्पन्न खेलमा अल नासरले अल अखडोउदलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।


अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । रोनाल्डोले खेलको ७७ र ८०औं मिनेटमा गोल गरेका थिए । त्यस्तै अर्को गोल खेलको १३औं मिनेटमा सामी अल नाजेइले गरेका थिए । 

यो जितपछि अल नासरको १४ खेलमा ३४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । साउदी प्रो लिगमा अल हिलल १३ खेलमा ३५ अंकसहित शिर्ष स्थानमा रहेको छ । 

त्यसैगरी अल अखडोउदको भने १४ खेलमा १० अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।


Author

थप समाचार
x