फुटबल

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेड र गालातासारे ३-३ गोलको बराबरीमा

इकागज |
मंसिर १४, २०८० बिहीबार ९:३ बजे

काठमाडौँ- युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड टर्किस क्लब गालातासारेसँग बराबरीमा रोकिएको छ ।

गएराति सम्पन्न समुह ए अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड गालातासारेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।


गालातासारेका लागि हाकिम जियाचले २ गोल गरेका थिए भने मुहमद केरेमले एक गोल गरेका थिए ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडका लागि अलेजनान्द्रो गर्नाचो, ब्रुनो फर्नानडेज र स्कट म्याकटोमिनीले एक एक गोल गरेका थिए ।

त्यस्तै यसै समुहको अर्को खेलमा बायर्न म्युनिख र कोपेनहेगन गोल रहित बराबरी खेलेका थिए ।

अब समुह ए मा अन्तिम खेल खेल्न बाँकी रहदा बायर्न म्युनिखको ५ खेलमा १३ अंक रहेको छ र राउण्ड १६ मा छनौट भएको छ भने कोपेनहेगन र गालातासारेको ५-५

खेलमा ५-५ अंक रहेको छ भने म्यानचेस्टर युनाइटेडको ५ खेलमा ४ अंक रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा अर्को साता म्यानचेस्टर युनाइटेडले बायर्न म्युनिखको सामना गर्ने छ भने कोपेनहेगनले गालातासारेको सामना गर्ने छ ।
  
 


Author

थप समाचार
x