फुटबल

एनएसएल : ललितपुर सिटीले एक हजार निशुल्क टिकट वितरण गर्दै

इकागज |
मंसिर १६, २०८० शनिबार ११:४४ बजे

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज हुने खेलका लागि ललितपुर सिटी एफसीले एक हजार टिकट निशुल्क वितरण गर्ने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५:३० बजेबाट ललितपुर सिटीले धनगढी एफसीविरुद्ध खेल्दैछ ।


त्यसै खेलका लागि ललितपुर सिटीले आफ्ना समर्थकलाई एक हजार निशुल्क टिकट वितरण गर्ने जनाएको हो ।

ललितपुर सिटीले जनाएअनुसार त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरस्थित घान्द्रुक नेपाली किचन र पेपे पिज्जाबाट ४ बजेपछि टिकट लिन सकिनेछ । टिकट 'फस्ट कम फस्ट सर्भ' आधार वितरण गरिनेछ ।

जारी लिगमा अघिल्ला दुवै खेल जितेको धनगढी ६ अंकसहित शीर्ष स्थानमा छ भने एक खेलमा जित तथा एक खेलमा अंक बाँडेको ललितपुर भने ४ अंकसहित दोस्रो स्थानमा छ ।


Author

थप समाचार
x