फुटबल

युरो कपः साविक विजेता इटाली र स्पेन एउटै समूहमा

इकागज |
मंसिर १७, २०८० आइतबार १०:४१ बजे

काठमाडौँ- सन् २०२४ मा आयोजना हुने युरो कप फुटबल प्रतियोगिताका लागि स्पेन साविक विजेता इटालीकै समूहमा परेको छ ।

शनिबार राति सम्पन्न 'ड्र' अनुसार इटाली र तीन पटकको विजेता स्पेन समूह 'बी' मा परेका हुन् । यसै समूहमा क्रोयसिया र अल्बानिया पनि रहेका छन् ।


यता साविक उपविजेता इंग्ल्यान्ड भने डेनमार्क, सर्विया र स्लोभेनिया समूह 'सी' मा रहेका छन् ।

आयोजक जर्मन भने स्कटल्यान्ड, हंगेरी र स्विट्जरल्यान्डसँगै समूह 'ए' मा परेका छन् ।


Author

थप समाचार
x