फुटबल

सिटीका फरवार्ड अर्लिङ हालान्डले किन गरे रेफ्रीको आलोचना ?

इकागज |
मंसिर १८, २०८० सोमबार १०:४१ बजे

काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीका नर्वेजियन फरवार्ड अर्लिङ हालान्डले रेफ्री सिमोन हुपरको आलोचना गरेका छन् ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा सिटीले टोटेनहमसँग ३-३ गोलको बराबरी खेलेपछि हालान्डले सामाजिक सञ्जालमार्फत रेफ्री सिमोनको आलोचना गरेका हुन् ।


रेफ्री सिमोनको विवादास्पद निर्णयपछि हालान्डले उनको आलोचना गरेको बीबीसीले उल्लेख गरेको छ ।

इतिहाद स्टेडियममा सम्पन्न रोमाञ्चक खेलको अन्तिम समयमा आफूलाई फाइदा हुने समयमा खेल्ने अवसर प्रदान नगरेको भन्दै हालान्ड रेफ्री सिमोनसँग रिसाएका हुन् ।

हालान्डले सामाजिक सञ्जाल एक्समा 'डब्ल्यूटीएफ' खेलेका छन् जुन गाली हो ।

आइतबार राति सिटीका लागि फिल फोडेन र ज्याक ग्रेलिसले एक-एक गोल गरे भने टोटेनहमका सन हिउङ-मिनले एक आत्मघाती गोल गरे ।

टोटेनहमका लागि सन हिउङ-मिन, जियोभानी लो सेल्सो र डेजान कुलुसेभ्सकीले एक-एक गोल गरे ।


Author

थप समाचार
x