फुटबल

मेस्सी टाइम म्यागाजिनको वर्ष खेलाडी घोषित

इकागज |
मंसिर २०, २०८० बुधबार १०:३६ बजे

काठमाडौँ- अर्जेन्टिनी फुटबल टिमका कप्तान तथा फरवार्ड लियोनल मेस्सी टाइम म्यागाजिनको वर्ष खेलाडी घोषित भएका छन् ।

अमेरिकन न्यूज म्यागाजिन टाइमले अमेरिकन क्लब इन्टर मियामीका फरवार्ड मेस्सीलाई मंगलबार राति 'एथलिट अफ द इयर' अर्थात वर्ष खेलाडी घोषित गरेको जनाएको हो ।


गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जित्दा मेस्सी कप्तानको भूमिका रहेका थिए ।

गत जुलाईमा अमेरिकी क्लब इन्टर मियामीमा आवद्ध भएपछि सबै प्रतियोगितामा गरी मेस्सीले ११ खेलमा १४ गोल गरेका थिए । मेस्सीको आगमनले अमेरिकालाई फुटबलमय बनाएको टाइमले उल्लेख गरेको छ ।

३६ वर्षीय मेस्सीले गत अक्टोबरमा आठौँ पटक बालोन डी'ओर अवार्डसमेत हात पारेका थिए ।


Author

थप समाचार
x