फुटबल

म्यानचेस्टर सिटीमाथि एस्टन भिल्लाको जित

इकागज |
मंसिर २१, २०८० बिहीबार ८:९ बजे

काठमाडौँ- इङ्‌लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो ।


एस्टन भिल्लाको जितमा खेलको ७४ औँ मिनेटमा लिओन बेलीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि एस्टन भिल्ला लिगमा तेस्रो स्थानमा उक्लिएको छ । १५ खेलमा ३२ अंक रहेको भिल्लाले सिटीलाई उछिन्दै लिगमा तेस्रो स्थानमा उक्लिएको हो ।

त्यसैगरी म्यानचेस्टर सिटीको भने यस सिजनमा यो तेस्रो हार हो । यो हारपछि सिटीको १५ खेलमा ३० अंक रहेको छ र लिगमा चौथोँ स्थानमा झरेको छ ।


Author

थप समाचार
x