फुटबल

प्रिमियर लिग : टोटेनहम र न्यूकासल पराजित

इकागज |
मंसिर २२, २०८० शुक्रबार १२:१९ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत टोटेनहम र न्यूकासलले पराजय भोगेका छन् ।

बिहीबार राति भएको खेलमा वेस्टहमले टोटेनहमलाई २-१ ले पराजित गर्‍यो । वेस्टहमलाई जित दिलाउन जारोड बावेन र जेम्स वार्ड-प्रोजले एक-एक गोल गरे ।


टोटेनहमका लागि एकमात्र गोल क्रिस्टियन रोमेरोले गरे ।

जारी लिगमा १५ खेल खेलेको टोटेनहमको यो चौँथोँ पराजय हो । २७ अंक जोडेर टोटेनहम अहिले पाँचौँ स्थानमा छ । २४ अंक जोडेको वेस्टहम भने नवौँ स्थानमा छ ।

बिहीबार राति नै भएको अर्को खेलमा एभर्टनले भने न्यूकासललाई ३-० ले स्तब्ध पार्‍यो । एभर्टनको जितमा ड्वाइट म्याकनिल, अब्दोलाय डोकोरे र बेटोले एक-एक गोल गरे ।

जितसँगै १५ खेलबाट १० अंक जोडेको एभर्टन १७ औँ स्थानमा उक्लिएको छ भने २६ अंक जोडेको न्यूकासल सातौ स्थानमा यथावत छ ।


Author

थप समाचार
x