फुटबल

सुपर लिग : आज दुई वटा खेल हुँदै

इकागज |
मंसिर २३, २०८० शनिबार ६:५९ बजे

काठमाडौँ- नेपाल सुपर लिगमा आज चार टोलीबीच भिडन्त हुँदैछ ।

आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेल बुटवल लुम्बिनी र काठमाडौँ राइजर्स क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ ।  
 
दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने दुवै खेलमध्ये पहिलो खेल दिउँसो १ बजेबाट सुरू हुने छ भने दोस्रो खेल यसअघि झै साँझ ५:३० बजेबाट सुरु हुनेछ ।



Author

थप समाचार
x