फुटबल

साउदी लिग : अल रियादमाथि अल नासरको सहज जित

इकागज |
मंसिर २३, २०८० शनिबार ९:२६ बजे

काठमाडौँ- साउदी प्रो लिग अन्तर्गत अल नासरले अल रियादलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा अल नासरले अल रियादलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।


अल नासरको जितमा टालिस्काले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डो र ओटाभियोले एक एक गोल गरेका थिए ।

त्यसैगरी अल रियादका लागि आन्द्रे ग्रेले एक गोल गरेका थिए ।

यो यस सिजनमा अल नासरको १२औं जित हो । १६ खेलमा १२ जित, एक बराबरी र ३ हारसहित अल नासरको ३७ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।

अल नासर शिर्ष स्थानमा रहेको अल हिलालभन्दा ७ अंकले पछाडी रहेको छ ।

त्यसैगरी अल रियादको भने १६ खेलमा १६ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।


Author

थप समाचार
x