फुटबल

फ्रयाङ्कफर्टको बायर्न म्युनिखमाथि शानदार जित

इकागज |
मंसिर २४, २०८० आइतबार ७:५३ बजे

काठमाडौं - जर्मनी बुण्डेसलिगा अन्तर्गत इन्ट्रान्च फ्रयाङ्कफर्टले बायर्न म्युनिखमाथि शानदार जित हासिल गरेको छ।

गएराति सम्पन्न खेलमा फ्रयाङ्कफर्टले बायर्न म्युनिखलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।


फ्रयाङ्कफर्टको जितमा एरिक जुनियर डिना एबिम्बेले २ गोल गरेका थिए भने ओमार मारमोउस, हुगो लार्सन र अन्सगर नाउफले एक एक गोल गरेका थिए। त्यसैगरी बायर्न म्युनिखका लागि एक गोल जोशुआ किमिचले गरेका थिए।

फ्रयाङ्कफर्टको यो जितपछि १४ खेलमा २१ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ।

त्यसैगरी बायर्न म्युनिखको भने यो यस सिजनमा पहिलो हार हो। १३ खेलमा ३२ अंक रहेको बायर्न यो खेलपछि लिगमा दोस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको लिभरलुसेन बायर्न भन्दा ३ अंकले अगाडि छ।


Author

थप समाचार
x