फुटबल

नेपाल सुपर लिग : आज वीरगञ्ज र इलाम भिड्दै

इकागज |
मंसिर २७, २०८० बुधबार ७:१५ बजे

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ।

खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अंक तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछारभन्दा माथि छ । ४ अंक जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ । 


यस्तै वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार व्यहोरेको छ। वीरगञ्जको मात्र दुई अंक छ । प्रतियोगितामा हिजो झापा फुटबल क्लबले पहिलो जित निकालेको थियो । झापाले बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गरेको हो । 


Author

थप समाचार
x