फुटबल

जितपछि गिरोना ला लिगाको शीर्ष स्थानमा

इकागज |
पुस ३, २०८० मंगलबार ९:१९ बजे

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत गिरोनाको जितको सिलसिला जारी रहेको छ ।

गएराति भएको खेलमा गिरोनाले आल्भेजलाई ३-० ले पराजित गर्दै आफ्नो जितको सिलसिलालाई जारी राखेको हो ।


गिरोनाको जितमा आर्टेम डोभबिकले दुई गोल गरेका थिए भने पोर्टुले एक गोल गरेका थिए । गिरोनाको यो यस सिजनमा १४औँ जित हो ।

१७ खेलमा ४४ अंक हासिल गरेको गिरोना लिगको शीर्ष स्थानमा कायम रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको १७ खेलमा ४२ अंक रहेको छ ।

त्यसैगरी आल्भेजको भने १७ खेलमा १६ अंक रहेको छ र लिगमा १३औँ अंक रहेको छ ।


Author

थप समाचार
x