फुटबल

बार्सिलोनाको संघर्षपूर्ण जित

इकागज |
पुस ५, २०८० बिहीबार ९:५० बजे

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले अल्मेरियालाई ३-२ को कठिन जित निकालेको हो ।

बार्सिलोनाको लागि सेर्गी रोबेर्टोले २ गोल गरेका थिए भने राफिन्हाले एक गोल गरेका थिए । त्यसैगरी अल्मेरियाका लागि लिओ बाप्टिसटाओ र एडगार गोन्जालेजले एक-एक गोल गरेका थिए ।


यो जितपछि बार्सिलोनाको १८ खेलमा ३८ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै अल्मेरियाको भने यो यस सिजनमा १३औँ हार हो । यो हारपछि अल्मेरियाको १८ खेलमा ५ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।


Author

थप समाचार
x