फुटबल

वाफ वुमन्स च्याम्पियनसिप : नेपाल आज प्यालेस्टाइनसँग भिड्‌दै

इकागज |
फागुन १२, २०८० शनिबार ६:४० बजे

काठमाडौँ- नेपाल साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले आज अन्तिम खेल खेल्दै छ ।

नेपालले आज प्यालेस्टाइनसँग खेल्दै छ । नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । प्यालेस्टाइनले आफ्नो दोस्रो खेलमा सिरियालाई पराजित गरेसँगै समुह 'बी'बाट नेपाल र प्यालेस्टाइनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।


अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्ने छ भने सिरियाले इराकको सामना गर्नेछ । यो खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ । त्यसैगरी समुह 'ए' बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समुह 'ए'बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।


Author

थप समाचार
x