फुटबल

सिरि एः इन्टर मिलानले जित हात पार्दा कप्तान लाउटारोको एक सय गोल पूरा

इकागज |
फागुन १४, २०८० सोमबार १०:४९ बजे

काठमाडौँ- इटालियन फुटबल क्लब इन्टर मिलानका कप्तान लाउटारो मार्टिनेजले इटालियन 'सिरि ए' मा एक सय गोल पूरा गरेका छन् ।

आइतबार राति इन्टर मिलानले लेसेलाई ४-० गोलअन्तरले पाखा लगाउँदा लाउटारोले सिरि ए मा एक सय गोल पूरा गरेका हुन् ।


लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानको जितमा लाउटारोले २ तथा डाभिड फ्राटेसी र स्टेफान डी भ्रिजले एक-एक गोल गरे ।

इन्टर मिलानका लागि २ गोल गर्दा लाउटेरोको सिरि ए मा १ सय १ गोल पूरा भएको हो ।

यस जितसँगै इन्टर मिलानले भने २५ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानको युभेन्टसले २६ खेलमा ५७ अंक हात पारेको छ ।


Author

थप समाचार
x