फुटबल

वाफ वुमन्स च्याम्पियनसिप : सेमिफाइनलका खेल आज, नेपाल र लेवनान भिड्‌दै

इकागज |
फागुन १५, २०८० मंगलबार ६:४६ बजे

काठमाडौँ- साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् ।

आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दैछ । साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि शुरु हुनेछ ।


जोर्डन समुह 'ए' मा तीनै खेलमा विजयी भएर समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समुह 'बी'मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेवनान खेल्दैछन् । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार साँझ १०:४५ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बाले सर्वाधिक ८ गोल गरेर सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेकी छन् ।

प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुने छ ।


Author

थप समाचार
x