फुटबल

लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

इकागज |
फागुन १६, २०८० बुधबार ८:१ बजे

काठमाडौँ- साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा नेपाल पुगेको छ।

जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।


नेपालका लागि प्रिति राईले खेलको ९५औँ मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई फाइनलमा पुर्‍याएकी हुन्।

यसअघि नेपालका लागि सावित्रा भण्डारीले खेलको ७६औँ मिनेटमा बराबरी गोल गरेकी थिइन्। सावित्राको यस प्रतियोगितामा यो नवौं गोल हो। 

त्यस्तै लेबनानका लागि नेपालकी पुजा रानाले खेलको ३७औँ मिनेटमा आत्मघाती गोल गरेपछि लेबनानले शुरुवाती अग्रता लिएको थियो।

यसअघि पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो।

अब फाइनल नेपालले जोर्डनको सामना गर्ने छ। फाइनल खेल बिहीबार हुने छ।


Author

थप समाचार
x