फुटबल

सावित्राले वाफ महिला च्याम्पियनसीपको फाइनल नखेल्ने

इकागज |
फागुन १६, २०८० बुधबार १२:३६ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसीप गुमाउने भएकी छन् ।

फ्रेन्च क्लब इभी गुइनगाम्पसँगको सम्झौताका कारण सावित्राले जोर्डनविरुद्ध फेब्रुअरी २९ तारिखमा हुने फाइनल गुमाउने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।


फ्रेन्च क्लब र सावित्राबीच भएको सम्झौताअनुसार उनले फिफा विन्डोमा मात्र नेपालबाट खेल्न पाउने भएकी हुन् ।


Author

थप समाचार
x