फुटबल

मछिन्द्र केपी ओली कपको फाइनलमा

इकागज |
फागुन १७, २०८० बिहीबार १९:४८ बजे

काठमाडौं - मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ।​

बिहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गरेको हो।​


मछिन्द्रका लागि बिमल घर्ति मगर, आयुष घलान, स्टेफेन बिनोंग, हिसुब थपलिया र देवेन्द्र तामाङले एक एक गोल गरेका थिए।

योसँगै अब फाइनलमा मछिन्द्र र एनआरटीको भिडन्त हुने भएको छ। आजै सम्पन्न पहिलो सेमिफाइनलमा एनआरटीले जावलाखेललाई पराजित गर्दै फाइनलमा पुगेको थियो।

अब फाइनल खेल आगामी शनिबार हुने छ।


Author

थप समाचार
x