फुटबल

जाेर्डनविरुद्ध नेपाललाई १-० काे अग्रता

इकागज |
फागुन १७, २०८० बिहीबार २२:४६ बजे

काठमाडौं - पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको छ ।

साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । २९औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।


प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम–४ मा लेबनानलाई हराएको थियो ।

उता, प्रतियोगिताकै सबैभन्दा सफल टिम जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।


Author

थप समाचार
x