फुटबल

साफ यू १६ महिला फुटबल : आज नेपालले बंगलादेशको सामना गर्दै

इकागज |
फागुन १९, २०८० शनिबार ७:९ बजे

काठमाडौँ- नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दैछ ।

यो खेल ललितपुरस्थित च्यासल मैदानमा दिउँसो ३ बजे देखि शुरू हुनेछ ।


प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुँदैछन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शीर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्नेछन् ।

नेपाली टिम:
गोलरक्षक: रुपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान र लक्ष्मी ओली ।

डिफेन्डर: दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा तामाङ, अंशु विके, मीनामाया श्रेष्ठ, एलिजा विके र ग्यान्सु डोल्मा लो ।

मिडफिल्डर: भूमिका बुढाथोकी, आशिका कार्की, बबिता कार्की, आयुषा रौले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना विके र सविना तामाङ । 

स्ट्राइकर: पूजा गिरी, अनिता रानामगर, यामकुमारी विके र पूर्णिमा थारु ।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा चक्र तामाङ छन् ।


Author

थप समाचार
x