फुटबल

लापोर्टेको निर्णायक गोलमा अल नासर विजयी

इकागज |
चैत २४, २०८० शनिबार ८:९ बजे

काठमाडौँ- साउदी प्रो लिग अन्तर्गत अल नासरले डामकलाई पराजित गरेको छ । गएराति भएको खेलमा अल नासरले डामकलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा खेलको ९१औँ मिनेटमा आयमेरिक लापोर्टेले निर्णायक गोल गरेका थिए । यस अघि लगातार दुई खेलमा ह्याट्रिक गरेका क्रिस्टियानो रोनाल्डो यस खेलमा सब्सटिच्यूटको रुपमा मैदानमा आएका थिए ।


यो जितपछि अल नासरको २७ खेलमा ६५ अंक भएको छ र शीर्ष स्थानमा रहेको अल हिलालभन्दा १२ अंकले पछाडि रहेको छ ।

त्यसैगरी डामकको भने २७ खेलमा ३५ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।


Author

थप समाचार
x