फुटबल

रोचक बन्दै प्रिमियर लिग, लिभरपुल बराबरीमा रोकिँदा आर्सनल फाइदामा

इकागज |
चैत २६, २०८० सोमबार ७:१ बजे

काठमाडौँ- इङ्‌लिश प्रिमियर लिगको यस सिजन रोचक बनेको छ । यस सिजनका ३१-३१ खेल सकिँदा लिगको उपाधि जित्न मुख्यत तीन टिमबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

गएराति भएको खेलमा लिभरपुल म्यानचेस्टर युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएपछि यसको फाइदा आर्सनललाई भएको छ ।


यस खेलमा म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेज र कोबी माइनूले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

अब लिगका ७ खेल खेल्न बाँकी रहँदा अहिले शीर्ष स्थानमा आर्सनल रहेको छ । ३१ खेलमा ७१ अंक रहेको आर्सनल र लिभरपुलको पनि ७१ अंक रहेको अवस्थामा गोल अन्तरका आधारमा अगाडि रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३१ खेलमा ७० अंक रहेको छ ।

त्यस्तैगरी लिभरपुललाई बराबरीमा रोकेको म्यानचेस्टर युनाइटेडको भने ३१ खेलमा ४९ अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ ।


Author

थप समाचार
x