फुटबल

बायर लेभरकुसेन ४५ औँ खेलसम्म अपराजित

इकागज |
बैशाख १०, २०८१ सोमबार ११:४८ बजे

काठमाडौँ- जर्मन फुटबल क्लबले ४५ औँ खेलसम्म आफ्नो अपराजित यात्रा कायम गर्न सफल भएको छ ।

जर्मन बुन्डेसलिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डसँग १-१ गोलको बराबरी खेलेसँगै लेभरकुसेन ४५ खेलसम्म आफ्नो अपराजित यात्रा कायम गर्न सफल भएको हो ।


डर्टमन्डविरुद्ध लेभरकुसेनका लागि जोसिप स्टानिसिकले बराबरी गोल गरेका थिए । त्यसअघि निकलासले फुलक्रगले डर्टमन्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

लेभरकुसेनले गत हप्ता नै पहिलोपटक बुन्डेसलिगाको उपाधि हात पारेको थियो । पाँच खेल बाँकी रहँदै लेभरकुसेनले उपाधि हात पारेको थियो ।


Author

थप समाचार
x