फुटबल

एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल

इकागज |
बैशाख १२, २०८१ बुधबार ७:३२ बजे

काठमाडौँ- साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।

गएराति भएको खेलमा सेमिफाइनलको दोस्रो लिगमा अल हिलालले युएईको क्लब अल ऐनलाई २-१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ५-४ गोल अन्तरले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो । सेमिफाइनलको पहिलो लिगमा अल हिलाल अल ऐनसँग ४-२ ले पराजित भएको थियो ।


यो जितसँगै अल ऐन एएफसी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । अब अल ऐनले फाइनलमा जापानी क्लब योकोहामा र दक्षिण कोरीयन क्लब उल्सन एचडीबीचको विजेतासँग खेल्ने छ ।


Author

थप समाचार
x