फुटबल

चेल्सीले ब्राइटन तथा म्यानचेस्टर युनाइटेडले न्यूकासलको सामना गर्दै

इकागज |
जेठ २, २०८१ बुधबार १६:१२ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आज राति दुई खेल हुने तालिका रहेको छ ।

लिगअन्तर्गत चेल्सीले ब्राइटनको सामना गर्दा म्यानचेस्टर युनाइटेडले न्यूकासल युनाइटेडको सामना गर्ने भएका छन् ।


चेल्सी र ब्राइटनबीचको खेलमा नेपाली समयअनुसार राति १२:३० बजेबाट सुरु हुनेछ ।

अंक तालिकाअनुसार ३६ खेल खेलेको चेल्सी ५७ अंकसहित सातौं स्थानमा हुँदा ब्राइटन ४८ अंकसहित १० औँ स्थानमा छ ।

यता म्यानचेस्टर युनाइटेड र न्यूकासलबीचको खेल १२:४५ बजेबाट सुरु हुने तय भएको छ । म्यानचेस्टर युनाइटेड ५४ अंकसहित आठौं स्थानमा छ भने ५७ अंक जोडेको न्यूकासल छैटौं स्थानमा रहेको छ ।


Author

थप समाचार
x