फुटबल

मुख्य प्रशिक्षक जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना

इकागज |
जेठ ४, २०८१ शुक्रबार १७:३८ बजे

काठमाडौँ- स्पेनिस ला लिगा क्लब बार्सिलोनाले आफ्ना मुख्य प्रशिक्षक जाभीलाई बर्खास्त गर्ने तयारी गरेको छ ।

४४ वर्षीय जाभीले गत जनवरीमै यस सिजनको अन्त्यपछि क्लब छाड्ने जनाए पनि क्लब अध्यक्ष जोआन लापोर्ताले उनलाई क्लबमा थप समय रहनका लागि सहमत गराएका थिए ।


तर, पछिल्लो समय जाभीले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति क्लबका पदाधिकारीहरू रुष्ट बनेका बीबीसीले जनाएको छ ।

जाभीले आर्थिक हिसाबले बार्सिलोनाले स्पेनिस क्लब रियल मड्रिड तथा युरोपेली क्लबसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने बताएका थिए । जसका कारण क्लब पदाधिकारीहरू रुष्ट बनेको बताइएको छ ।

बार्सिलोनाले जारी स्पेनिस ला लिगामा सोचेजस्तो प्रदर्शन गर्न नसकेको तथा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पराजित भएसँगै मुख्य प्रशिक्षक जाभीमाथि दबाब बढ्दै गएको छ ।


Author

थप समाचार
x