फुटबल

इंग्लिस प्रिमियर लिग : विजेताको टुंगो आज राति लाग्दै

इकागज |
जेठ ६, २०८१ आइतबार १६:२५ बजे

काठमाडौँ- जारी सिजनको इंग्लिस प्रिमियर लिग (फुटबल) को उपाधि विजेताको टुंगो आज राति लाग्दैछ ।

प्रिमियर लिगको अन्तिम चरणका खेलहरू आज राति हुँदैछ र आज रातिको खेलहरूले विजेताको टुंगो लगाउने छ ।


प्रिमियर लिगअन्तर्गतको १० वटै खेल नेपाली समयअनुसार राति ८:४५ बजेबाट सुरु हुने तालिका रहेको भएपनि उपाधि होडमा भने साविक विजेता म्यानचेस्टर सिटी र आर्सनल रहेका छन् ।

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वेस्टहम युनाइटेडको सामना गर्दा आर्सनलले एभर्टनविरुद्ध खेल्ने तालिका रहेको छ ।

अंक तालिकाअनुसार म्यानचेस्टर सिटीले ३७ खेलबाट ८८ अंक जोडेको छ । यता आर्सनलको ८६ अंक छ ।

म्यानचेस्टर सिटीले रातिको खेलमा वेस्टहमलाई पराजित गरेको खण्डमा उपाधि उचाल्नेछ । तर, पराजित भएको खण्डमा आर्सनल र एभर्टनबीच हुने खेलको नतिजाले उपाधि विजेताको टुंगो लाग्नेछ ।


Author

थप समाचार
x