फुटबल

ला लिगाः भिल्लारियलसँग रियल मड्रिडको रोमाञ्चक बराबरी

इकागज |
जेठ ७, २०८१ सोमबार १०:५२ बजे

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत उपाधि विजेता रियल मड्रिडले भिल्लारियलसँग रोमाञ्चक बराबरी खेलेको छ ।

आइतबार राति सम्पन्न खेलमा रियल मड्रिडले भिल्लारियलसँग ४-४ गोलको बराबरी खेलेको हो ।


रियल मड्रिडका लागि आर्दा गुलेरले २ गोल गर्दा जोसेलु र लुकास भाजकुएजले एक-एक गोल गरे । भिल्लारियलका लागि भने चारवटै गोल अलेक्जान्डर सोरलोथले गरे ।

यससँगै रियल मड्रिडले ३७ खेलबाट ९४ अंक जोडेको छ । यता आठौं स्थानमा रहेको भिल्लारियलले ५२ अंक जोडेको छ ।


Author

थप समाचार
x