फुटबल

अस्ट्रेलिया फुटबल टिमकी कप्तान साम केरले पेरिस ओलम्पिक गुमाउने

इकागज |
जेठ ८, २०८१ मंगलबार १३:१७ बजे

काठमाडौँ- अस्ट्रेलियाको महिला फुटबल टिमकी कप्तान साम केरले पेरिस ओलम्पिक गुमाउने भएकी छन् ।

एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएपछि अष्ट्रेलियन स्ट्राइकर साम केरले सन् २०२४ को पेरिस ओलम्पिकबाट आधिकारिक रूपमा बाहिरिएकी बीबीसीले जनाएको हो ।


जनवरीमा चेल्सीको प्रशिक्षण शिविरका क्रममा ३० वर्षीया केर घाइते भएकी थिइन् ।

अस्ट्रेलियाको प्रि-ओलम्पिक मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्दै प्रशिक्षक टोनी गुस्ताभसनले केरले जुलाईमा हुने खेलहरूमा गुमाउने बताएका हुन् ।

केर अस्ट्रेलियाका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्  । उनले १ सय २८ खेलमा ६९ गोल गरेकी छन् ।


Author

थप समाचार
x