फुटबल

लिड्सलाई पराजित गर्दै साउथाम्पटन प्रिमियर लिगमा बढुवा

इकागज |
जेठ १४, २०८१ सोमबार १०:३० बजे

काठमाडौँ- साउथाम्पटन फुटबल क्लब फेरि इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ ।   

आइतबार च्याम्पियनसीपको प्लेअफ फाइनलमा लिड्स युनाइटेडलाई १-० गोलअन्तरले पराजित गर्दै साउथाम्पटन प्रिमियर लिगमा बढुवा भएको हो ।


लगातार ११ वर्ष प्रिमियर लिग खेलेपनि साउथाम्पटन गत सिजन च्याम्पियनसीपमा रेलिगेट भएको थियो ।

तर एडम आर्मस्ट्रङले २४ औँ मिनेटमा निर्णायक गोल गरेपछि च्याम्पियनसीपको प्लेअफ फाइनलमा लिड्सलाई पराजित गर्दै साउथाम्पटन प्रिमियर लिगमा बढुवा भएको हो ।

च्याम्पियनसीपबाट यस सिजन लेस्टर सिटी र इप्सविच पनि प्रिमियर लिगमा बढुवा भएका छन् ।


Author

थप समाचार
x